संगालोखबर


विराटनगर । मोरङको बेलबारीमा सवारी चालकको स्वास्थ्य परिक्षण गर्दा ११ जनाले लागूपदार्थ सेवन गरेको पाइएको छ ।

ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा भएको स्वास्थ्य परीक्षणका क्रममा चालकहरूले लापसे गरेर सवारी चलाएको पाइएको हो ।

Advertisement

लापसे गरेर सवारी चलाउने चालकलाई नियन्त्रणमा लिइएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले संगालोखबरलाई जानकारी दिए ।

जसमध्ये विभिन्न सवारी साधनका ५५ जना चालकको लापसे चेक गरिएको थियो । जसमध्ये ११ जनाले सेवन गरेको पाइएको प्रमुख लम्सालले बताए । उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।

परीक्षणमा ट्रक, टिफर र बस चालकहरू बढी जोखिममा रहेको देखिएको छ । ट्रकका १८ जना चालक परीक्षण गरिँदा २, टिफरका १३ चालक परीक्षण गर्दा ४, बसका ११ जना चालक परीक्षण हुँदा ४ र  १ जना ट्रयाक्टर चालकले लापसे गरेको पाइएको हो ।

चालक, सह-चालक तथा स्थानीय व्यक्तिहरूसहित एक सय ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण अन्तरगत ब्लड प्रेसर तथा आँखाको जाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।

लागूपदार्थ सेवन गर्ने चालकहरूकै कारण दुर्घटना बढ्ने भएकाले यस्ता परीक्षणलाई अझै सघन बनाइने प्रमुख लम्सालले बताए । ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ वा लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कानुनी कारबाही गरिने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!