
विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । प्रहरीले उनलाई आज बिहान मोरङको बेलबारीबाट पक्राउ गरेको हो ।
मोरङ प्रहरीका एसपी कवित कटवालका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो ।
दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । दाहाललाई आजै काठमाडौं पठाइने मोरङ प्रहरीले जनाएको छ ।

संगालोखबर 














