
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा एक सय २० रुपैयाँ बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार सात ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार सात सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














