
धनकुटा । धनकुटामा ब्रेक फेल भएर सुमो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
आज बिहान करिब ८ः१५ बजे छथर जोरपाटी गाँउपालिका-३ बन्चरेस्थित काजीमाने-धनकुटा भित्र सडक खण्डमा को १ ज २४९४ नम्बरको सुमो ब्रेक फेल भएर दुर्घटना भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको सुमो सडकबाट करिब ५० मिटर तल खस्दा छथर जोरपाटी-३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको डीएसपी भण्डारीले जानकारी दिए । सडकबाट तल खसेको सुमोलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नामावली
१. चालक धनकुटा नगरपालिका-९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री – शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।
२. धनकुटा-४ की ४० वर्षीया धन माया राई – टाउकोमा चोट, अवस्था मध्यम ।
३. उनका छोरा ७ वर्षीय न्युहाङ सुब्बा – हातमा चोट, अवस्था मध्यम ।
४. धनकुटा-४ की ३३ वर्षीया पुनम लिम्बु – अवस्था सामान्य ।
५. उनकी छोरी २ वर्षीया आरध्या लिम्बु – मुखमा चोट, अवस्था मध्यम ।
६. धनकुटा-४ का २६ वर्षीय आइन्द्र लिम्बु – टाउकोमा चोट, अवस्था मध्यम ।
७. धनकुटा-३ का २७ वर्षीय भवानी लिम्बु – टाउकोमा चोट, अवस्था मध्यम ।
८. धनकुटा-३ का ४७ वर्षीय हेम बहादुर लिम्बु – टाउकोमा चोट, अवस्था मध्यम ।
९. धनकुटा-४ का ३० वर्षीय अबिन लिम्बु – टाउकोमा चोट, अवस्था मध्यम ।
१०.धनकुटा-३ का २१ वर्षीय आशिष लिम्बु – टाउकोमा चोट, अवस्था गम्भिर ।

संगालोखबर 














