
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.३ बन्चरेमा आज बिहान सुमो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।
काजिमानेबाट धनकुटा आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो गाडी बिहान करिब ८ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी छथर जोरपाटी ३ की ६० वर्षीया सोकमाया लिम्बुको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । केही घाइतेहरूको अवस्था गम्भीर छ ।

संगालोखबर 














