विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे निर्वाचित भएका छन् । विराटनगरमा आयोजित प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनले पाण्डेको नेतृत्वमा ९९ सदस्यीय केन्द्रिय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
उपाध्यक्ष द्वय पाण्डे र राजेश राईले अध्यक्षमा दावी गरेका थिए । बन्दसत्रमा राईले मन्तव्यमार्फत आफ्नो दावी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत अध्यक्ष बनेका हुन् ।
महाधिवेशनबाट उपाध्यक्षमा चेतन अधिकारी, उपाध्यक्ष महिलामा कृपा भण्डारी, महासचिवमा हिरामान लामा, उपमहासचिवमा हरिबल्लभ नेपाल, संगठन सचिवमा विष्णु तारुके, अर्थ सचिवमा प्रदीप आचार्य, प्रचार प्रशिक्षण सचिवमा विक्रम लुइँटेल र विदेश सचिवमा नरेश भण्डारी निर्वाचित भएका छन् ।
दुई दिनसम्म चलेको महाधिवेशनमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागि भएका थिए ।