संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । धनकुटाको सँगुरीगढी गाउँपालिका-९ का ३४ वर्षीय भूपाल राई २८ किलो गाँजासहित पक्राउ परेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान-११ बाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी हाल धरानमा बस्दै आएका थिए । यस्तै विराटनगर-१५ बाट मोरङको बेलबारी नगरपालिका-४ का २१ वर्षीय एन्जल गुरुङ र १९ वर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

Advertisement

यसैगरी सुनसरीको रामधुनी नगरपालिका-२ का २४ वर्षीय शिवशंकर चौधरीलाई ५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!