अवैध उत्खननलाई गाउँपालिका अध्यक्षको संरक्षण, रोक्न खोज्दा हाकिमलाई स्पष्टीकरण !
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद देखिएको छ । अध्यक्ष नमो नारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई लेखेको स्पष्टीकरणले यसको पुष्टि गरेको हो ।
गैरकानुनी उत्खनन भइरहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रहरीलाई पत्र लेखेका थिए । उनले उत्खनन रोक्न माग गर्दै प्रहरीलाई लेखेको पत्रमाथि अध्यक्षले स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष माझील...





























