विराटनगर । विराटनगर-४ खार्जी स्थित यातायात व्यवस्था कार्यालयबाट १२ जना विचौलिया पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर सेवाग्राहीलाई ठगेको गुनासो आएपछि जिल्ला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
विराटनगर-३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी र ३७ वर्षीय राजु कोइराला पक्राउ परेका हुन् ।
यस्तै सुनसरीको दुहबी नगरपालिका-११ का २७ वर्षीय युवराज लम्साल, विराटनगर-५ का ३१ वर्षीय अनिल बस्नेत र विराटनगर-४ का २२ वर्षीय राजीव मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
यसैगरी बर्जु गाउँपालिका-६ का २७ वर्षीय प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका-१ का ३७ वर्षीय भागवत राजवंशी, बुढीगङ्गा गाउँपालिका-२ का ५० वर्षीय उदय कार्की, बुढीगङ्गा-१ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर-३ का २९ वर्षीय अजयकुमार मण्डल पक्राउ परेका हुन् । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।