संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई सोमबार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका-४ का २३ वर्षीय उमेश गिरीलाई उनकै घरबाट दुई ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीसँगै ब्राउन सुगर बेच्ने गौरादह-२ का २४ वर्षीय मनोज भारतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट मोरङको बेलबारी नगरपालिका-८ का २८ वर्षीय मिलन थापा र ३९ वर्षीय केशर कुमार मगरलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई ग्राम ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

यस्तै सुनसरीको लौकही प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ का ३२ वर्षीय राजेश लामा र २१ वर्षीय समिर क्षेत्रीलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले एक ग्राम ४७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

मोरङको केराबारी गाउँपालिका-१० का ३१ वर्षीय तेज बहादुर तामाङ र केराबारी-७ की २७ वर्षीया फुलमाया लिम्बु पनि लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट एक ग्राम ८८ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ परेका आठै जनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!