संगालोखबर


विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी मोरङको अध्यक्षमा पुनः चन्द्रवीर राई चयन भएका छन् । नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः राई चयन भएका हुन् ।

उपाध्यक्षमा दीपक ढकाल, सचिवमा तुलसी ढकाल, सहसचिवमा भूपाल बस्नेत, ढकबहादुर राई र सुभद्रा राईलाई चयन गरिएको छ । यस्तै प्रेम भारतीलाई कार्यालय सचिव बनाइएको छ भने आर्थिक विभाग प्रमुखमा चन्द्रा शर्मा पराजुलीलाई चयन गरिएको छ ।

Advertisement

जिल्ला अधिवेशनले ९१ सदस्य निर्वाचित गर्नुपर्नेमा ७७ सदस्य मात्रै चयन गरेको छ । १ पदाधिकारीसहित १४ जना जिल्ला कमिटी बैठकले छनोट गर्ने जनाइएको छ ।

पार्टीको मोरङ जिल्ला अधिवेशनमा निर्वाचनलाई निषेध गरिएको भन्दै आलोचना भएको छ  । चैत १९ गते विराटनगरमा अधिवेशनको उद्‌घाटन भएपनि ६ दिन पछिमात्रै नेतृत्वको टुङ्गो लागेको हो ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!