
विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ त्रिभुवन चोकमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।
शुक्रबार राति करिब १० बजे आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको हो ।
दुर्घटनामा रतुवामाई-१ कल्याणपुर का ४२ वर्षीय सोम टुडु र उनकी पत्नी ३५ वर्षीय वामनी हेमरम घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा रङ्गेली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।