संगालोखबर


विराटनगर । चौथो संस्करणको ‘इक्युवालिटी  कप क्रिकेट २०२५’ को उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगर ६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा आज भएका फाइनल सप्तरीलाई ८ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो ।

मोरङ पहिलो संस्करणमा झापासँग पराजित भएको थियो भने त्यसपछि लगातार उपाधि जित्दै आएको छ । टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८१ रन बनाएको थियो ।

Advertisement

सप्तरीकी साक्षी यादवले २८ रन बनाउँदा दिपा रामले १५ रनको योगदान दिइन् । मोरङकी कृतिषा धामीले ५ विकेट लिइन् । उनले ४ ओभरमा ९ रन बनाउँदा बन्धना राजवंशीले ३ विकेट लिइन् ।

८२ रनको लक्ष्य पछ्याएको मोरङले ११.१ बलमा २ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको थियो । मोरङको जितमा सानु राजवंशीले अविजित ४० रन बनाउँदा कप्तान टिका साहले १५ रनको योगदान दिइन् । सप्तरीका साक्षी यादव र अपेक्षा यादवले १-१ विकेट लिएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको छ । इक्युवालिटी कप क्रिकेट प्रतियोगिता म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन र क्रिकेट विथआउण्ड बाउन्ड्रिजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत आयोजना गरिएको थियो ।

प्रमुख अतिथि कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डे, मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले विजयी टोली र अन्य खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!