संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका-५ बाट चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । मे ६ प ९९७७ नम्बरको मोटरसाइकलमा सवार  इलामको माई नगरपालिका-५ का ३३ वर्षीय भुपेन्द्र लावती र विर्तामोड-५ का २३ वर्षीय राजिब चौधरी पक्राउ परेका हुन् ।

Advertisement

यस्तै, विराटनगर-१७ बाट को २९ प ६४२७ नम्बरको मोटरसाइकलमा सवार बेलबारी-११ का २९ वर्षीय आशिष राई र २९ वर्षीय आशिष तामाङ ६ ग्राम १२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

त्यस्तै, सुनसरी धरानका २४ वर्षीय अफ्रोज सिद्धिकी एक सय २० क्याप्सुल ट्रामाडोलसहित पक्राउ परेका हुन् । उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!