संगालोखबर


विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार झापा, मोरङ र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-६ बाट भारत वेस्ट बंगाल दार्जिलिङका ४१ वर्षीय राजेन बर्मन १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।  अर्जुनधारा-४ का २८ वर्षीय भुवन न्यौपानेलाई घरबाटै १ ग्राम ९ सय ४० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

यस्तै विराटनगर-१५ बाट सुनसरी धरान-८ का १९ वर्षीय समन न्यौपाने र १९ वर्षीय अभिषेक याख्खा पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

त्यस्तै उदयपुरको बेलका नगरपालिका-९ बाट को ३९ प ५६४९ नम्बरको स्कुटरमा सवार बेलका-३ का २६ वर्षीय मुस्कान राई र २१ वर्षीय खम्ब बहादुर दाहाल पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले १ ग्राम ३ सय ३८ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!