संगालोखबर


विराटनगर । विराटनगर-९ महेन्द्र चोकबाट श्रोत नखुलेको सात लाख १५ हजार रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो करिब २ः३० बजे विराटनगर-१५ निवासी २४ वर्षीय रोहितकुमार साहलाई शङ्का लागी चेकजाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उनको साथबाट उक्त नगद फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार रकमको वैध श्रोत नखुलेपछि उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!