संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र उदयपुरबाट खटिएको प्रहरी टोलीले आइतबार प्रतिबन्धित लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट भारतको किसानगन्ज-२ का २३ वर्षीय सलमलाई पक्राउ गरेको छ । उनको साथबाट ४ ग्राम ५५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट २ ग्राम ४७ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका-७ का २३ वर्षीय सनम राई र २७ वर्षीय रूपेश तामाङ रहेका प्रहरीले जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-१ खैजनपुरका २२ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले प्रतिबन्धित औषधी ७ एम्पुल र २५ ग्राम गाँजा बरामद गरेको छ । उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!