विराटनगरबाट हराएका पाँच बालबालिकाको उद्धार
विराटनगर । विराटनगरबाट हराएका पाँच जना बालबालिकाको उद्धार गरिएको छ । शनिबार तीन जना बालक र दुई जना बालिकालाई बिहारबाट उद्धार गरेर विराटनगर ल्याइएको हो ।
सात देखि १७ वर्ष उमेर समूहका उनीहरूमध्ये दुई जना एक वर्ष अघि र तीन जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरूको घर विराटनगर १, ८, १४ र १९ नम्बर वडामा पर्छ ।
भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवसर ग्रामको समन्वयमा उनीहरूलाई राष्ट्र...





























