
विराटनगर । विराटनगर-१४ जतुवाका दुई घरबाट प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा आज बिहानको राति छापा हान्न पुगेको प्रहरी टोलीले उक्त परिणामको गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै प्रहरीले १९ वर्षीय भुपेन यादव र ६० वर्षीय छटु यादवलाई घरबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार भूपेनको घरबाट ३० र छटुको घरबाट १५ किलो गाँजा बरामद भएको हो ।
पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ । ‘उनीहरूलाई म्याद थप गर्न अदालत लगिएको छ’, इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापाले संगालोखबरसँग भने, ‘गाँजा कहाँबाट ल्याएको र कहाँ लैजान लागिएको भन्ने खुल्न बाँकी छ ।’