विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । विश्व क्षयरोग दिवसको अवसर पारेर नोबेल शिक्षण अस्पतालले स्वास्थ्य कार्यालय मोरङ, राउन्ड टेबल नेपाल र लेडिज सर्कल नेपालसँग सहकार्य गरेर रक्तदान कार्यक्रम गरेको हो ।
अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा ८५ जनाले रगत दान गरेको नोबेल अस्पतालका महाप्रबन्धक दिपेश राईले जानकारी दिए ।
क्षयरोग दिवसको अवसरमा कार्यक्रम गरिएकाले रगत सङ्कलनसँगै क्षयरोगबारे सचेतना अभिवृद्धिमा पनि सघाउ पुगेको अस्पतालले जनाएको छ ।