संगालोखबर


सुनसरी । सुनसरीमा सार्वजनिक विद्यालय परिसरभित्र राजनीतिक दलका विभिन्न गतिविधि नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै विद्यालयजस्तो पवित्र र विशुद्ध शैक्षिक क्षेत्रमा दलका कार्यक्रम नगर्न ध्यानाकर्षण गराएको हो ।

Advertisement

जिल्लाका विभिन्न स्थानका सार्वजनिक विद्यालयका कक्षाकोठा तथा परिसरभित्र राजनीतिक दलहरूले आ-आफ्ना आन्तरिक कार्यक्रम गरिरहेको भन्दै व्यापक गुनासो आएपछि यस्तो कदम चालिएको सूचनामा उल्लेख छ ।

पठनपाठन र शैक्षिक वातावरण प्रभावित हुने गरी राजनीतिक दलका चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा र भेलाजस्ता गतिविधि नगर्न प्रशासनले जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरूलाई अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाद्वारा जारी सूचनामा विद्यालय परिसरभित्र त्यस्ता राजनीतिक गतिविधि हुन नदिन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा स्थानीय सरकारलाई निर्देशन दिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!