विवाहको बहाना बनाउँदै मानव तस्करी गर्ने उदयपुरकी महिला पक्राउ
विराटनगर । विवाहको बहानामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा उदयपुरकी एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई काठमाडौंमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत् प्रस्ताव गरेकी थिइन् । विश्वास दिलाउन आफू समेत चिनिय...





























