विराटनगर । दक्षिण कोरियामा दुई जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अनुसार आइतबार दुई जनाको मृत्यु भएको हो ।
दक्षिण कोरियाको जेछनमा सुनसरी घर भएका ५० वर्षीय शशी खतिवडाको मृत्यु भएको छ । एनआरएनएका अनुसार उनी केही दिनदेखि उपचाररत थिए ।
उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनी क्षयरोगबाट पीडित थिए । यस्तै अर्का ३९ वर्षीय युवाको हृदयघातका कारण मृत्यु भएको हो ।