एउटै खुकुरीको मूल्य ६० हजार !
बेलबारी । एउटै खुकुरीको मूल्य ६० हजार पर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सुन्दा अचम्म लागेपनि, यो सत्य हो । मोरङको बेलबारीमा खुकुरी उद्योग खोलेर बसेका एक उद्यमीले तयार गरेको खुकुरीको मूल्य ६० हजार तोकेका छन् ।
विश्वकर्मा कृषि औजार उद्योगका संचालक शेरबहादुर विश्वकर्माले नेपालको नक्सासहितको खुकुरीको मूल्य ६० हजार राखेका हुन् । उनले बनाएका खुकुरी २५ सयदेखि ६० हजारसम्मका छन् । ३० दिन मेहनत गरे...













