भोजपुर । भोजपुरमा टिपर दुर्घटना भएको छ । गएराति करिब १२ बजेको समयमा हतुवागढी-८ मा टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सुनसरीको इटहरी-४ का अन्दाजी ३० वर्षीय अमरबहादुर राई र सह-चालक भोजपुर अरुण गाउँपालिका-१ का अन्दाजी २४ वर्षीय कर्ण भुजेल घाइते भएका छन् ।
उनीहरूको अवस्था मध्यम रहेको र धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता दीपक कुमार श्रेष्ठले बताए ।
को १ ख ५८९५ नम्बरको गिट्टी बोकेको टिपर सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको उनले संगालोखबरलाई जानकारी दिए । सडकको दुरावस्थाका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।