![](https://sangalokhabar.com/wp-content/uploads/2022/03/Tactor-Accident-Terhathum.jpg)
धनकुटा । धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गएराति चौबिसे गाउँपालिका-८ फेदी स्थित कच्ची सडकखण्डमा को २ त ४९७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार ट्याक्टरका सह-चालक चौबिसे-८ चौतराका २२ वर्षीय शम्भु लिम्बु घाइते भएका हुन् । उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब सय मिटर तल झरेको छ ।
ट्याक्टर घटनास्थलमै रहेको र ट्याक्टर धनी चौबिसे-८ कै २९ वर्षीय तरिक लिम्म्बू र चालक सोही स्थानका ३२ वर्षीय कमानसिंह लिम्बु सह-चालकको उपचारमा संलग्न रहेका प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको हो ।