
विराटनगर । ताप्लेजुङमा केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्नेसम्मको अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रेस विज्ञप्ति जारी गर्दै सो समूहले एक्कासि ढुङ्गा, चिपर्ट, दाउरा र गुलेली प्रहार गर्न थालेपछी उच्च संयमताका साथ परिचालित सुरक्षाकर्मीले आत्मरक्षाको अन्तिम विकल्पको रूपमा हवाई फायर गर्ने सम्मको अवस्था आएको जनाएको हो ।
पाथीभरा मुक्कुमलुङ केबलकार दर्शन प्रालिले गत कात्तिक २३ देखि केबलकार निर्माणको काम पुनः सुरु गरेपछि निर्माण कम्पनी र विरोधी समूहका कारण जिल्लाको शान्ति सुरक्षामा केही चुनौती बढेको प्रशासनले जनाएको छ ।
सोही परिस्थितिको आँकलन गरी सुरक्षाकर्मी समन्वयात्मक रूपमा परिचालन गरी शान्ति सुरक्षा र अमनचयन कायम गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।



संगालोखबर 













