संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । भारतबाट उद्धार गरिएका विराटनगरका पाँच जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । विभिन्न समयमा हराएका दुई बालक र तीन बालिकालाई आज परिवारको जिम्मा लगाइएको हो ।

कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सृजना राईको रोहबरमा विराटनगर महानगरपालिकाका बालकल्याण अधिकारीमार्फत उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ ।

Advertisement

भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवसर ग्रामको समन्वयमा उनीहरूलाई राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशले उद्धार गरेर शनिबार विराटनगर ल्याएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!