संगालोखबर


विराटनगर । मोरङमा एकै परिवारका ३० जनाले बाबुको काजकिरिया गरेका छन् । बुढीगंगा गाउँपालिका-४ का ८८ वर्षीय शारदाप्रसाद भट्टराईको निधन भएपछि छोरा, छोरी र बुहारीसहित ३० जनाले काजकिरिया गरेका हुन् ।

भट्टराईका तीन जना श्रीमती छन् । उनीहरूबाट १० छोरा र आठ छोरीको जन्म भयो । जसमध्ये एक छोरीको भने निधन भइसकेको छ । बुढीगंगा-४ नेमुवास्थित छोरा गोविन्द भट्टराईको घरमा बाबुको काजकिरिया गरिएको हो ।

Advertisement

स्वर्गीय भट्टराईका ३० जना नातिनातिना र सात जना पनाति पनातिना छन् । वि.स. १९९३ मंसिर १९ गते संखुवासभा मादीमा जन्मेका स्वर्गीय भट्टराईले १९ वर्षको उमेरमा पहिलो विवाह गरेका थिए ।

त्यसको तीन वर्षपछि २०१५ सालमा दोस्रो बिहे गरे । २०२२ सालमा झापा बसाइ  सरेका उनले २०३४ सालमा ४१ वर्षको उमेरमा तेस्रो विवाह गरेका थिए । २०४६ सालयता भने उनी बुढीगंगा गाउँपालिकामा बस्दै आएका थिए । भट्टराईको माघ २ गते निधन भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!