संगालोखबर


धनकुटा । अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था (ओआईडीपी) ले धनकुटा नगरपालिकालाई सम्मान गरेको छ ।

जनसहभागितामा आधारित जलाधार व्यवस्थापन तथा सुशासन अभ्यासका लागि नगरपालिकाले ‘ओआईडीपी अवार्ड’ अन्तरगत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो ।

मंगलबार पोल्याण्डको क्राकोभस्थित आईसी क्राकोभ कंग्रेस सेन्टरमा आयोजित समारोहमा नगरप्रमुख चिन्तन तामाङले सम्मानपत्र ग्रहण गरेका हुन् ।

ओआईडीपीले आह्वान गरेको प्रस्तावमा ४१ देशका स्थानीय तथा क्षेत्रीय सरकारका १६७ अभ्यास दर्ता भएकामध्ये ४० वटा अन्तिम चरणमा छनोट भएका थिए ।

जसमा धनकुटाको निबुवा ताङ्खुवा जलाधार व्यवस्थापनसम्बन्धी अभ्यास उत्कृष्ट अभ्यासका रूपमा छनोट भएको हो । निबुवा ताङ्खुवा जलाधारमा जलस्रोत संरक्षण, भूमि व्यवस्थापन, जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरणका काम हुँदै आएका छन् ।

नगरपालिकाका अनुसार यो योजना आर्थिक वर्ष २०७७/७८ देखि धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा इसिमोडको सहयोग तथा विभिन्न साझेदार संस्थाको समन्वयमा सञ्चालन हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!