संगालोखबर


विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आगामी फागुनमा हुने तय भएको छ । सोमबार विराटनगरमा बसेको जिल्ला सङ्गठन कमिटीको तेश्रो पूर्ण बैठकले फागुन १७ देखि १९ गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम कार्की नेतृत्वमा सङ्गठन कमिटी बनेको थियो । पाटी भित्र आन्तरिक विवाद बढ्दै गएपछि एमालेको अधिवेशन मिति तय हुन सकेको थिएन ।

Advertisement

पार्टीको विधानले तोकिदिएको अवधिमा सङ्गठन कमिटीले समेत अधिवेशन गर्न सकेको थिएन । सङ्गठन कमिटी बनेको ६ महिना भित्रमा अधिवेशन गराउनु पर्ने एमालेको विधानमा उल्लेख छ । कोशी प्रदेशका १४ जिल्ला मध्ये मोरङमा मात्रै अधिवेशन हुन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!