संगालोखबर


विराटनगर । प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा सर्वसम्मत निर्वाचित भएकी छन् । ९ औं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत निर्वाचित गरेको हो । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष भएकी छन् ।

उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

Advertisement

सदस्यहरूमा निशान्त ढुङ्गाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा र विदिशा भट्टराई निर्वाचित भए ।

जिल्ला अधिवेशनले आगामी माघ ३० गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेश परिषद् सदस्य र फागुन २५-२७ सम्म विराटनगरमा हुने १० औं महाधिवेशनका लागि केन्द्रीय परिषद् सदस्य पनि चयन गरेको छ ।

यसैबीच १० औं जिल्ला अधिवेशनका अवसरमा पत्रकार महेन्द्र विष्टलाई शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!