इलामको सिंहवाहिनी मन्दिरबाट दानपेटिका चोरी

इलामको सिंहवाहिनी मन्दिरबाट दानपेटिका चोरी

इलाम । इलाम सदरमुकामस्थित प्रसिद्ध सिंहवाहिनी मन्दिरभित्र राखिएको दानपेटिका गएराति चोरी भएको छ । मन्दिरको मूल ढोकाको ताला फुटाउँदै भित्र पसेर दानपेटिका चोरेको पाइएको हो । मन्दिरभित्रबाट दानपेटिका चोरी गरेपछि केही पर पुर्याएर त्यसभित्र रहेका रकमसहितका सामग्री चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजीव नेउपानेले जानकारी दिए । मन्दिर भित्रबाट निकालिएको दानपेटिका करिब सय मिटर पर जंगलमा लगेर...
छात्रालाई बलात्कार गरेको आरोपमा खोटाङका शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको आरोपमा खोटाङका शिक्षक पक्राउ

खोटाङ । १३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा खोटाङका एकजना शिक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कारबाट बालिका गर्भवती भएको थाहा पाएपछि पीडित पक्षका तर्फबाट घटनाबारे जानकारी गराइएको थियो । त्यसकै आधारमा हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कारको घटना सुरुमा गुपचुप रहेको तर बालिका गर्भवती भएपछि सोधीखोजी गर्द...
झापामा लागुऔषध ओसार्ने भारतीय नागरिक पक्राउ

झापामा लागुऔषध ओसार्ने भारतीय नागरिक पक्राउ

झापा । लागुऔषधसहित झापामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध भित्र्याउन सक्रिय बनेका उनलाई प्रहरीले झापा गाउँपालिका–५ बाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत किसनगञ्ज जिल्ला, धनतौला ग्राम पञ्चायतका ३२ वर्षीय तनवीर आलम छन् । उनको साथबाट प्रहरीले ७ ग्राम ब्राउन सुगर, ३९ हजार नेपाली रुपैयाँ, २ सय भारतीय रुपैयाँ र एउटा मोबाइल फोन बरामद गरेको छ । ...
२४ घण्टामा १५ दुर्घटनाः २७ जना घाइते

२४ घण्टामा १५ दुर्घटनाः २७ जना घाइते

धनकुटा । धनकुटासहित कोशी प्रदेशका विभिन्न जिल्लामा बितेको २४ घण्टामा भएका सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । शनिबार भएका बेग्लाबेग्लै १५ वटा दुर्घटनामामध्ये सबैभन्दा बढी झापामा भएको प्रहरीले जनाएको छ । यसैगरी, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, इलामलगायत जिल्लामा दुर्घटना भएका छन् । धनकुटाको पाख्रीबास नगरपालिका–३ मा भोजपुरतर्फ जाँदै गरेको सघन सहरी तथा भवन निर्माण कार्यालय धनकुटाको प्रदेश नम्बर...
दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो च्याम्पियन

दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो च्याम्पियन

विराटनगर । टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो। भारत विरुद्ध बलियो अवस्थामा रहेको दक्षिण अफ्रिका अन्तिम केही ओभर समालिन नसक्दा भारत खेलमा फर्कदै च्याम्पियन बन्यो । एकसमय ३० बलमा ३० रन चाहिएको अवस्थाबाट भारतले पुनरागमन गर्दै १४ वर्षपछि विश्वकप उपाधि जित्यो । भारतले २0११ मा एकदिवसी...
आज राति कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने

आज राति कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने

विराटनगर । आज राति कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशीका पूर्वी जिल्लाहरुमा बढी पानी पर्ने अनुमान गरिएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि धेरै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा मुसलधारे पानी पर्ने...
कमेडी च्याम्पियनमा सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप

कमेडी च्याम्पियनमा सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप

विराटनगर । रियालिटी शो कमेडी च्याम्पियन सिजन–३ को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् । यस्तै, नवलपरासीकी सुयशा खनाल सेकेण्ड रनरअप बनेकी छन् । उपाधि विजेता खड्काले २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी पाउनेछन् । फर्स्ट रनर अप काफ्लेले स्कुटर पुरस्कार पाउनेछन् । फाइनलमा पुगेका तीनै जनाको १५–१५ लाख रुपैयाँको जीवन बीमा प...
पहिरोमा घाइते भएका वृद्धलाई हेलिकप्टरबाट विराटनगर लगियो

पहिरोमा घाइते भएका वृद्धलाई हेलिकप्टरबाट विराटनगर लगियो

ताप्लेजुङ । पहिरोमा परी घाइते भएका सिरिजंगा गाउँपालिका–६ का ६३ वर्षीय पदमबहादुर लिम्वूलाई उपचारका लागि विराटनगर लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनलाई विराटनगर लगिएको हो । प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यका अनुसार उनलाई विराटनगरको नोवेल अस्पतालमा भर्ना गरिएको छ । लिम्वूलाई हिजो बेलुका घर फर्कने क्रममा पहिरोले बगाएको थियो । गाउँलेले उनको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपच...
असार १५ : अग्रजलाई दही चिउरा र सम्मान

असार १५ : अग्रजलाई दही चिउरा र सम्मान

विराटनगर । असार १५ का अवसरमा विराटनगर महानगरपालिका वडा नम्बर १५ को सहयोगमा वडाभित्रका ज्येष्ठ नागरिकलाई दही चिउरा खुवाएर सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मानस्वरुप दही चिउरा खुवाएर शुभकामना आदानप्रदान गरिएको आयोजकले जनाएको छ । असार १५ लाई विशेष बनाउन ज्येष्ठ नागरिकलाई दही चिउरा खुवाइएको आयोजक समिति...
झापामा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

झापामा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उच्च अदालत विराटनगर, इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ८ हजार रुपैयाँ क्षतिपूर्ति श...
मनमोहन विश्वविद्यालयमा आदर्श नेताको स्मरण

मनमोहन विश्वविद्यालयमा आदर्श नेताको स्मरण

विराटनगर । पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा आदर्शवादी नेता स्वर्गीय मनमोहन अधिकारीको योगदानको स्मरण गरिएको छ । उनकै नाममा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयमा आज आयोजित कार्यक्रममा स्मरण गरिएको हो । मोरङको बुढीगंगा–४ हात्तीमुढास्थित विश्वविद्यालयले मनमोहनको १०४औँ जन्मजयन्तीको अवसरमा स्मृति सभा आयोजना गरेको हो । त्यस अवसरमा सहभागी वक्ताहरुले अधिकारी सदाचारी नेता भएको उल्लेख गर्दै शिक्षा र ...
कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५

कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५

विराटनगर । रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३५ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार थप १० जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३५ पुगेको हो । मृत्यु हुनेमा कोशी प्रदेशका चारजना छन् । धनकुटाका खगेन्द्र राइकामगर, इलामका गंगाराज मोक्तान, झापाका गंगाराज अधिकारी, र संखुवासभाका वीरबल राईले रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाएका हुन् । परराष्ट्र मन्त्रालयको असार १० गत...
एसईईमा इटहरीको पाथीभरा विद्यालयको उत्कृष्ट नतिजा

एसईईमा इटहरीको पाथीभरा विद्यालयको उत्कृष्ट नतिजा

सुनसरी । इटहरीस्थित पाथीभरा माध्यमिक विद्यालय २०८० को माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । इटहरी उपमहानगरपालिका–४ भेटघाट चोकस्थित उक्त विद्यालयका ३२ जना विद्यार्थीले परीक्षा दिएकामा पाँच जनाले ३.८० देखि ४ जीपीए हासिल गरेका छन् । यसैगरी, १५ जना विद्यार्थी ३.६० देखि ३.७९ जीपीए सहित उत्तीर्ण भएको विद्यालयले जनाएको छ । परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये आ...
पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता

पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता

विराटनगर । अविरल वर्षापछि आएको पहिरोले पुरिएर गुल्मी र स्याङ्जामा ६ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । सुतिरहेका बेला गएराति झरेको पहिरोमा घरसँगै पुरिएर उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको हो । एकजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया ...
आईसीसी टी-२० विश्वकप: उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

आईसीसी टी-२० विश्वकप: उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि आज राति भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार खेल राति ८ः१५ बजे सुरु हुनेछ । वर्षाका कारण आजको खेल रद्द भएको अवस्थामा भोलिका लागि सारिनेछ । आइतबार पनि वर्षा भएर खेल हुन नसके दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषित गरिने जनाइएको छ । भ...
कोशीका मुख्यमन्त्री कार्की भन्छन्, ‘कृषिलाई प्राथमिकता दिऔँ’

कोशीका मुख्यमन्त्री कार्की भन्छन्, ‘कृषिलाई प्राथमिकता दिऔँ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाका लागि देशकै प्रमुख अन्नबालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले यसमा प्रदेश सरकारले यथोचित सहयोग गर्ने उल्लेख गरेका छन् । २१औँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कृषिलाई प्राथमिकतामा दिएर...
झापाको दमकमा गाडीको ठक्करले छोरीको मृत्यु, आमा घाइते

झापाको दमकमा गाडीको ठक्करले छोरीको मृत्यु, आमा घाइते

झापा । झापाको दमकमा विद्युतीय गाडी सिटीसफारीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । दमक नगरपालिका–१ मा भएको दुर्घटनामा दुवैजना घाइते भएकामा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले आमाछोरीलाई ठक्कर दिएको थियो । ठक्करले काठमाडौँ घर भई हाल दमकमा डेरा बस्ने २४ वर्षीया शर्मिला लिम्बू ...
आज असार १५ : विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५ : विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै

विराटनगर । आज असार १५ । मुलुकभर विभिन्न कार्यक्रम गरी आज धान दिवस मनाइँदैछ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस मनाइँदै गरेको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई प्रोत्साहन दिन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा ...
सहिदभूमि गाउँपालिकाद्वारा कर्मचारीहरू सम्मानित

सहिदभूमि गाउँपालिकाद्वारा कर्मचारीहरू सम्मानित

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले कर्मचारीहरूलाई नगदसहित सम्मान गरेको छ । दोस्रो गाउँसभाको पाँचौ अधिवेशनको तेस्रो बैठकका अवसरमा कर्मचारीलाई सम्मान गरिएको हो । सर्वोकृष्ट कर्मचारीका रूपमा इन्जिनियर शरद पण्डितलाई सम्मान गरियो । यस्तै, टंकप्रसाद राई, भाग्यमाया राई, बद्री कार्की र मणिकुमार राईलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । कर्मचारीहरूलाई गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक...
असार दोस्रो सातासम्म कोशीमा १४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ

असार दोस्रो सातासम्म कोशीमा १४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ

विराटनगर । असार दोस्रो साता भइसक्दा कोशी प्रदेशमा १४ प्रतिशतमात्र धान रोपाइँ भएको छ । प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै झापा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपाइँ हुने गरेको छ । करिब २ लाख ७६ हजार ३८३ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार ८८० हेक्टर जमिनमा मात्र रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यही अवधिमा १६ दशमलव ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भ...
कोशी प्रदेश टिमलाई हराउँदै बागमती फाइनलमा

कोशी प्रदेश टिमलाई हराउँदै बागमती फाइनलमा

विराटनगर । कोशी प्रदेश टिमलाई सोझो सेटले पराजित गर्दै बागमती प्रदेश प्रथम साहना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बागमतीले २५–१८, २५–६ र २५–९ ले पराजित गरेको हो । महिला तर्फको फाइनलमा बागमती र लुम्बिनीले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुषतर्फको सेमिफाइनल खेल आजै हुँदैछ । पहिलो खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम खेलिरहेका छन् भने दोस्रो सेमिफाइनलमा बागमती प...
लागुऔषधसहित कोशीका विभिन्न जिल्लाबाट ११ जना पक्राउ

लागुऔषधसहित कोशीका विभिन्न जिल्लाबाट ११ जना पक्राउ

बिराटनगर । मोरङ, झापा, उदयपुर र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र प्रतिबन्धित औषधिसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–७ बाट ४९ बोरामा राखिएको १ हजार ५ ४८ किलो गाँजा प्रहरीले बरामद गरेको छ । त्यस क्रममा स्थानीय राजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा स्थानीय २४ बर्षीय रणधीर यादव र भारत बिहार सुपौलका २९ बर्...
प्रदेशका लेखा कर्मचारीको आन्दोलन स्थगन

प्रदेशका लेखा कर्मचारीको आन्दोलन स्थगन

विराटनगर । समान वृत्ति विकासको सुनिश्चितताको मागसहित सातायता आन्दोलित प्रदेशका लेखा कर्मचारीहरुको आन्दोलन स्थगन भएको छ । आफ्ना माग पूरा गराउन दबाबस्वरुप उनीहरुले काम छाडेर आन्दोलन गर्दै आएका थिए । सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि आजबाट आन्दोलन स्थगन गर्दै उनीहरु काममा फर्किएका हुन् । लेखा समूहका कर्मचारीले उठाएका माग पूरा गर्दै जाने आश्वासन कोशी प्रदेश सरकारका तर्फबाट पाएपछि आफूहरू काममा फ...
ताप्लेजुङका २३ सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

ताप्लेजुङका २३ सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

ताप्लेजुङ । माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङका २३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । हिजो सार्वजनिक भएको नतिजाअनुसार जिल्लाका ६८ मध्ये २३ सामुदायिक विद्यालयको नतिजा शुन्य आएको हो । जिल्ला शिक्षा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार एक हजार ६ सय ९६ विद्यार्थी एसईईमा सहभागी भएकोमा २३७ जना मात्रै उत्तीर्ण भएका छन् । सबैभन्दा बढी फक्ताङलुङ गाउँपालिकाक...
मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

विराटनगर । सरकारले विभिन्न कामका लागि आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ । प्रारम्भिक चरणमा कोशी प्रदेशका चारसहित २८ जिल्लामा यो नियम लागू हुने भएको छ । सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमा जस्ता क्षेत्रका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको हो । गत सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पहिलो चरणमा २८ जिल्लामा लागू गर्ने जनाएको हो । पहिलो चरणमा लागू...
कोशी नदीमा जलस्तर बढेसँगै सतर्क रहन प्रशासनको आग्रह

कोशी नदीमा जलस्तर बढेसँगै सतर्क रहन प्रशासनको आग्रह

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन थालिएको छ । स्थानीय प्रशासनले कोशी नदीमा डुंगा चलाउन, माछा मार्न र दाउरा खोज्न निषेध गरेको छ । पूर्वी पहाडी जिल्ला तथा सुनसरी, उदयपुर, सप्तरीमा पनि निरन्तर वर्षा भइरहेका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बिहिवार कोशी नदीमा पानीको बहाव एक लाख ३४ हजार क्युसेक मापन गरिएको थियो । पानीलाई निकास दिन कोशी ब्यारेजका ५६ मध्ये १९ वटा...
एसईईः झापाका दुई विद्यालयको नतिजा शून्य

एसईईः झापाका दुई विद्यालयको नतिजा शून्य

झापा । २०८० को एसईईमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ । एउटा विद्यालयबाट एकमात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । उक्त पालिकाका महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो । जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट ३४ जनाले परीक्षा दिएका थिए । झापा गाउँपालिकामा सामुदायिक र संस्थागत गरी १२ विद्यालयका विद्यार्थीहरुले परीक्षा दिएका थिए । पालिकाभरबा...
सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प

विराटनगर । सिन्धुपाल्चोकमा गएराति भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर राति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । राति कम्पन हुन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । घरबाट बाहिर निस्किएर भेला भएका थिए । भूकम्पबाट कहाँ कति क्षति भयो भन्ने जानकारी आइसकेको छैन । यसबारे बुझ्ने काम भइ...
भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश

भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश

विराटनगर ।  भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । १० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए । रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनक...
मोरङको कानेपोखरीमा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

मोरङको कानेपोखरीमा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा गाडीको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका– लेटाङ मोडमा प्रदेश १–०१–००१ च ७६८६ नम्बरको बोलेरो गाडीले ठक्कर दिंदा ५२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन । ठक्करपछि गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर मंगलबारे लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालम...
कोशीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

कोशीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

विराटनगर । कोशी प्रदेशका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । मनसुनी वायुको प्रभाव बढिरहेको अवस्थामा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा...
error: Content is protected !!