संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाइ सुरु भएको छ । विश्वविद्यालयको  ‘स्कुल अफ अप्लाइड साइन्स टेक्नोलोजी अफ ल’ अन्तर्गत व्यवस्थापन कानुन ‘बिबिए एलएलबी’ स्नातक तहको पढाई आजबाट औपचारिक रूपमा सुरु भएको हो ।

विश्वविद्यालयले कानुन अध्ययन गर्न भर्ना भएका बिबिए एलएलबी तहका विद्यार्थीहरू र उनीहरूका अभिभावकलाई अभिभुखिकरण गराएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले समय सान्दर्भिक प्रविधिले दक्ष र आत्मनिर्भर कानुन व्यावसायी उत्पादन गर्न देशमै पहिलो पटक पाँच वर्षे बिबिए एलएलबीको पाठ्यक्रम तयार गरेर पढाइ सुरु गरेको जानकारी बताए ।

Advertisement

उपकुलपति पोखरेलका अनुसार देशमै पहिलो पटक मनमोहन विश्वविद्यालयले मात्र सुरु गरेको बिबिए एलएलबी पाँच वर्षे पाठ्यक्रमले सैद्धान्तिक र प्रयोगात्मक दुवै विषयमा जोड दिएको छ ।

‘मनमोहन इन्स्टिच्युट अफ ल’ का प्रिन्सिपल कोषराज न्यौपानेले देशको न्यायप्रणालीमा दक्ष जनशक्तिको खाँचो पुरा गर्न विश्वविद्यालयले  पहिलो पटक व्यवस्थापन कानुनको पाठ्यक्रम देश तथा विदेशका विज्ञहरूबाट तयार गराएर पढाइ सुरु गरेको बताए ।

उनले एक महिनाभित्रै मनमोहनमा अपराध कानुनमा स्नातकोत्तर तहको एलएलबी कक्षा पनि सञ्चालनमा आइसक्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!