संगालोखबर


विराटनगर । रोटरी क्लब अफ विराटनगर मिडटाउनद्वारा मोरङको ग्रामथान गाउँपालिका-५ तेतरियामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

विराटनगर आँखा अस्पताल रानीको सहयोगमा क्लबले देवी माध्यमिक विद्यालयमा आँखा शिविर सञ्चालन गरेको हो । शिविरमा १२१ जना मोतियाबिन्दुका बिरामी भेटिएका थिए ।

उनीहरूको विराटनगर आँखा अस्पतालमा मोतियाबिन्दुको अप्रेसन गरिनुका साथै आवश्यक औषधी समेत वितरण गरिएको क्लबका अध्यक्ष बिनोद बोहराले जानकारी दिए ।

शिविरमा राम अवतार अग्रवाल, रानु गोपाल, सुशील रिजाल, सञ्जय वंशल, अशोक सोमानी, प्रदीप अग्रवाल, सचिव प्रतिश अग्रवाल लगायतको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!