लागूऔषधसहित चार जना पक्राउ
विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट शिवसताक्षी नगरपालिका-८ का २१ वर्षीय संजय राईलाई पक्राउ गरेको छ ।
उनको साथबाट तीन ग्राम दुई सय ८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी का...




























