संगालोखबर

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् । विराटनगरमा बुधबार सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट पुरी अध्यक्षमा सर्वसम्मत  निर्वाचित भएका हुन् । पुरी यसअघि उपाध्यक्ष थिए ।

Advertisement

यसैगरी उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भए ।

प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेतीसहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!