संगालोखबर


विराटनगर । कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतले पराजुलीलाई ६ वर्ष कैद र एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । उनले ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको सर्वोच्चले ठहर गरेको छ ।

Advertisement

पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएको मुद्दामा पराजुली दोषी ठहर भएका हुन् । बालुवाखानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी थिए ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले बुधवार फैसला गरेको हो । निजामती सेवामा प्रमुख जिल्ला अधिकारी हुँदै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव पनि बनेका पराजुली राजीनामा दिएर २०७६ वैशाख १२ मा प्रदेश सभाको सचिव नियुक्त भएका थिए ।

उनी २०८१ वैशाख ९ देखि लागू हुने गरी दोस्रो कार्यकालका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए । अदालतको फैसलासँगै उनी स्वतः पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!