
विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
झापा बिर्तामोड-६ का १८ वर्षीय रोहित राजवंशीलाई पैदल हिँडिरहेको अवस्थामा १४ ग्राम ७८ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।