विराटनगर । विराटनगरबाट चोरी भएको कार भारतीय सिमा क्षेत्रमा फेला परेको छ । आज बिहानको राति करिब दुई बजेतिर चोरी भएको कार भारतीय सिमा क्षेत्र सुनसरीको इनरुवामा फेला परेको हो ।
प्रहरीले चोरीमा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका-४ घर भइ हाल विराटनगर-४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ ।
पेट्रोल सकिएपछि उनले कार अघि बढाउन नसकेको प्रहरी श्रोतले जनाएको छ । कारसहित चोरीमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याउने काम भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।