विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बिहीबार दुई हजार तीन सय रुपैयाँले बढेको सुन आज तोलामा चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलबार एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक लाख ६९ हजार छ सय रुपैयाँ र आइतबार प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला ३५ रुपैयाँले बढेको सुनको मूल्य आज पाँच रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।