संगालोखबर


विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ । आगामी फागुन १६ देखि २० गतेसम्म तमु बुद्विष्ट गुम्बामा प्रर्दशनी गर्न लागेको हो ।

समसामयिक र परम्परागत चित्रकला, मूर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली, थारु, सन्थाल, राजवंशी, खवास लोक कला साथै टिपिकल रैथाने कला प्रदर्शनी हुने छन् । यस्तै प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गी कलाको समेत प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

Advertisement

प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि प्रादेशिक ललितकला प्रदर्शनी गर्न थालेको हो । गत वर्ष कोशी प्रदेशका १४ जिल्लाका एक सय ४६ कलाकारहरूको सहभागिता थियो । त्यसक्रममा राष्ट्रिय कला प्रदर्शनीमा ६० जना कलाकारहरूले उत्कृष्ट कृतिहरू प्रदर्शन गरेका थिए ।

यस पटकको प्रदर्शनीमा १५ हजारभन्दा बढी दर्शकहरू सहभागी हुने लक्ष्य राखिएको छ । प्रादेशिक प्रदर्शनीका लागि सञ्जय वान्तावाको संयोजकत्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!