
विराटनगर । जिल्ला कारागार झापामा एक कैदीबन्दीको मृत्यु भएको छ । भद्रपुर नगरपालिका– १ का ४० वर्षीय मदन सिलवालको मृत्यु भएको हो । उनलाई ठगी मुद्दामा कारागार चलान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर सिलवाल बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।