संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको उर्लाबारीमा पैनीमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । आज बिहान उर्लाबारी नगरपालिका-२ जनटोलका १७ वर्षीय सनम निरौलाको शव फेला परेको हो ।

‘छारे रोगका बिरामी रहेछन् । राति साथी र बुबासँगै सुतेको बुझियो । बिहान पाँच बजे हेर्दा मान्छे देखेनछन्’, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले संगालोखबरसँग भने, ‘रोगले भेट्दा पहिला पनि हिड्ने गरेको रहेछ । खोज्दै जाँदा घरै अगाडिको पैनीमा कपाल मात्र देखिएको अवस्थामा फेला परेको हो ।’

Advertisement

कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!