संगालोखबर


विराटनगर । आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

सोमबार सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार हुँदा आइतबार एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ ।

महासङ्घका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार नौ ३० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!