संगालोखबर

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको सचिवमा संगालोखबर अनलाइनका सञ्चालक रविन कटेल निर्वाचित भएका छन् । प्रदेश राजधानी विराटनगरमा बुधबार सम्पन्न भएको प्रेस चौतारी कोशी प्रदेशको दोस्रो अधिवेशनबाट कटेल सर्वसम्मत रुपमा सचिवमा निर्वाचित भएका हुन् ।

Advertisement

प्रेस चौतारी धनकुटाका निवर्तमान अध्यक्षसमेत रहेका कटेल विगत १६ वर्ष अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

उनी पत्रकार महासंघ धनकुटाका उपाध्यक्षसमेत हुन् । चौतारीको अधिवेशनले सुमन पुरीको नेतृत्वमा ४९ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले सम्बोधन गरेका थिए ।

प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी निर्वाचित

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!