संगालोखबर


विराटनगर । आज सुनको मूल्य बढेको छ । बुधबार तोलामा एक हजार सात सय रुपैयाँले घटेको सुन आज दुई हजार तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक लाख ६९ हजार छ सय रुपैयाँ र आइतबार एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १५ रुपैयाँले घटेको चाँदी आज ३५ रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार नौ ३० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!