संगालोखबर


विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!