प्रदेशस्तरीय कबड्डीः सुनसरी शीर्ष स्थानमा

प्रदेशस्तरीय कबड्डीः सुनसरी शीर्ष स्थानमा

विराटनगर । विराटनगरमा जारी प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा पुगेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन ३ खेल खेल्दै ६ अंकका साथ सुनसरी शीर्ष स्थानमा रहन सफल भएको हो । ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए । सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल ...
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन कांग्रेस–एमाले सहकार्य’

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन कांग्रेस–एमाले सहकार्य’

विराटनगर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने उनले बत...
पोखरीमा डुबेर सिरहाका २ बालकको मृत्यु

पोखरीमा डुबेर सिरहाका २ बालकको मृत्यु

सिरहा । सिरहामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार नरहा गाउँपालिका–३ का सुशील मण्डका सात वर्षीय राहुल मण्डल र उनका भान्जा ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो । हिजो दिउँसोदेखि हराइरहेका उनीहरुलाई प्रहरी र स्थानीय बासिन्दा मिलेर खोजी गरेका थिए । त्यस क्रममा आज बिहान बस्ती छेउकै पोखरीमा तैरिरहेको अवस्थामा उनीहरु मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार...
स्थानीय तहलाई सक्षम र बलियो बनाउनुपर्छः मुख्यमन्त्री कार्की

स्थानीय तहलाई सक्षम र बलियो बनाउनुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई अझ सक्षम र बलियो बनाउनुपर्ने बताएका छन् । केन्द्र र प्रदेशभन्दा जनताका लागि सेवा प्रवाहमा स्थानीय तहको हुने भन्दै उनले यस्तो बताएका हुन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तीन दिने कार्यशाला उद्घाटनका अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह जति धेरै सक्...
प्रधानमन्त्री दाहालले राजीनामा नदिने

प्रधानमन्त्री दाहालले राजीनामा नदिने

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललले राजीनामा नदिने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । पार्टीका सचिव देवेन्द्र पौडेलले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने नि...
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । बोर्डको निर्णयअनुसार एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयक...
कोइरालाको शताब्दी जन्मजयन्ती मनाउँदै कांग्रेस

कोइरालाको शताब्दी जन्मजयन्ती मनाउँदै कांग्रेस

विराटनगर । नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । यसै अवसरमा काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा कोइरालाका जीवनसँग सम्बन्धित फोटो प्रदर्शनी गरिने भएको छ । गृहनगर विराटनगरलगायत देशका विभिन्न जिल्लामा पनि कोइरालाको स्मृतिमा कार्यक्रम गरिने पार्टीले जनाएको छ । भारतको सहर्सामा सन् १९२४ जुलाई ४ मा जन्मिएका कोइरालाको २०१० मा...
२७ देश पुग्छ नेपालको छुर्पी

२७ देश पुग्छ नेपालको छुर्पी

इलाम । नेपालमा उत्पादिन छुर्पी विभिन्न २७ देशमा पुग्ने गरेको छ । नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ । वार्षिक करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १५ लाख ३७ हजार १८६ किलो छुर्पी निर्यात भएको छ । यसबाट २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको विभागको तथ्यांकमा उल्लेख...
ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

ताप्लेजुङ । सदरमुकाम फुङलिङ नगरपालिकाका सबइञ्जिनियर मो. अख्तर हुसैन एक लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले उनलाई हिजो अपराह्न नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा निगरानी गर्दा घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । इन्जिनियर हुसैनले फुङलिङ...
अमेरिकाको ओहायोमा नेपाली गुरुहरुले दिए योग प्रशिक्षण

अमेरिकाको ओहायोमा नेपाली गुरुहरुले दिए योग प्रशिक्षण

विराटनगर । अमेरिकाको ओहायोमा जीवन विज्ञान संस्थाका अगुवा गुरुहरुले योग प्रशिक्षण दिएका छन् । ‘चक्र विज्ञान’ मा आधारित योग प्रशिक्षण दिइएको हो । प्रशिक्षण एक सातासम्म चलेको थियो । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको अनुभव सुनाए । उनले योग र ध्यानको ज्ञानसँगै प्रयोग र अभ्यासले आफूमा परिवर्तन भएको महसुस गरेको बताए । डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान ...
फेरियो केन्द्रीय गठबन्धन, कांग्रेस र एमाले मिलेर सरकार बनाउने

फेरियो केन्द्रीय गठबन्धन, कांग्रेस र एमाले मिलेर सरकार बनाउने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो । गएराति भएको सहमतिमा मन्त्रालय भागबण्डादेखि प्रदेशमा सरकारको नेतृत्वलगायत विषय समेटिएको जनाइएको छ । हाल एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने नेताह...
रोल्पामा जिप दुर्घटनाः ७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटनाः ७ जनाको मृत्यु

विराटनगर । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । माडी गाउँपालिका–२, घर्तीगाउँबाट माडी–४ मा पर्ने तलाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप परेवा छहरामा आज अपरा्हन दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाका मृत्यु...
मोरङको उर्लाबारीमा टिपरको ठक्करले आमाको मृत्यु, छोरा गम्भीर घाइते

मोरङको उर्लाबारीमा टिपरको ठक्करले आमाको मृत्यु, छोरा गम्भीर घाइते

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा टिपरको ठक्करले एकजना महिलाको मृत्यु भएको छ । आज साँझ भएको दुर्घटनामा उनका छोरा गम्भीर घाइते भएका छन् । प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा त्यसमा सवार उर्लाबारी–६ की सीता बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनका आठ वर्षीय छोरा प्रशान्त घाइते भएका हुन् । उनको मदन भण्डारी...
मोरङको टंकीसिनवारीमा प्रदेशस्तरीय कबड्डी सुरू

मोरङको टंकीसिनवारीमा प्रदेशस्तरीय कबड्डी सुरू

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुरबीच ४३–४३ प्वाइन्टको बराबारी खेल्दै १–१ अंक बाँडेका छन् । प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता छ । मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, सोलुखुम्बु, संखुवासभा र ओखलढुंगाको सहभागिता छ । भोजपुर र खोटाङले सहभाग...
‘मोरङको गोठगाउँमा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज बनाउन सरकार प्रतिबद्ध’

‘मोरङको गोठगाउँमा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज बनाउन सरकार प्रतिबद्ध’

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मोरङको गोठगाउँमा सुविधासम्पन्न अस्पतालका साथै मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । त्यसका लागि आर्थिक स्रोतको सुनिश्चतताका साथै वैकल्पिक उपायहरूको खोजी गरेर मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी उनले दिए । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा बैठकला...
विराटनगर-१ का ज्येष्ठ नागरिकलाई पंखा

विराटनगर-१ का ज्येष्ठ नागरिकलाई पंखा

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल पंखा वितरण गरेका थिए । व...
ओखलढुंगामा पहिरोले ५ घरमा क्षति, विस्थापित परिवार विद्यालयमा

ओखलढुंगामा पहिरोले ५ घरमा क्षति, विस्थापित परिवार विद्यालयमा

ओखलढुंगा । मोलुङ गाउँपालिकाको वडा नम्बर ७ मा पहिरोले स्थानीय बासिन्दाका ५ घर पुरेको छ । गएरातिको अविरल वर्षापछि झरेको पहिरोमा परी ५ घर पुरिएको हो । प्रहरीका अनुसार स्थानीय टेकबहादुर पहारी, पेशल पहारी, अम्बरबहादुर पहारी, देवीमाया सुनुवार र दिलबहादुर विकको घर पहिरोले क्षति पुर्याएको हो । घटनामा मानवीय क्षति भने भएको छैन । पहिरोमा परी केही चौपाया मरेको जनाइएको छ । पहिरोले घरमा क्षति भएपछि स्थानीय...
लागुऔषध र ६७ हजार रुयैयाँसहित ८ जना पक्राउ

लागुऔषध र ६७ हजार रुयैयाँसहित ८ जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान टोलीले लागुऔषधसहित एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०८० माघ २६ गते पक्राउ अनुमति जारी भइ फरार रहेका तेह्रथुमको लालीगुराँस नगरपालिका–९ घर भई मोरङको सुन्दरहरैँचा–४ बस्दै आएका ४२ वर्षीय अमृतबहादुर भुजेललाई पक्राउ गरिएको हो । उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, ६७ हजार ६ ...
धनकुटाको विकासका लागि मन्त्री राईको पहलः संघीय सरकारबाट आयो ८ अर्ब बजेट

धनकुटाको विकासका लागि मन्त्री राईको पहलः संघीय सरकारबाट आयो ८ अर्ब बजेट

धनकुटा । संघीय सरकारले धनकुटामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि करिब ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीसहित विभिन्न मन्त्रालयबाट धनकुटाको विकासका लागि ७ अर्ब ९५ करोड ५ लाख बजेट विनियोजन भएको जानकारी दिएका हुन् । प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मन्त्र...
‘कोशी प्रदेशले बनाएका कानुनले निर्माण चरण पूरा गर्न पाएनन्’

‘कोशी प्रदेशले बनाएका कानुनले निर्माण चरण पूरा गर्न पाएनन्’

विराटनगर । कोशी प्रदेशसभाले बनाएका कानुनहरू निर्माण चरण पूरा नगरेको पाइएको छ । कोशी प्रदेशसभाले बनाएका ऐनको अध्ययन र समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिइएको हो । २०८० साल मंसिरसम्म कोशी प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावलीको अध्ययन र समीक्षा गर्न प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय कानुन संकायलाई जिम्मा दिएको थियो । प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावली अध...
मोरङको जीवन विकास लघुवित्त संस्थाले पायो अन्तर्राष्ट्रिय पुरस्कार

मोरङको जीवन विकास लघुवित्त संस्थाले पायो अन्तर्राष्ट्रिय पुरस्कार

विराटनगर । मोरङको कटहरी–१ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले ‘थ्री जिरो क्लब’ प्रवर्द्धन गरेबापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरुमध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो । यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब ...
एसईईमा झापाकी सर्वोत्कृष्ट छात्रालाई ओलीको बधाई

एसईईमा झापाकी सर्वोत्कृष्ट छात्रालाई ओलीको बधाई

झापा । २०८० सालको माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा झापाबाट सर्वोत्कृष्ट नतिजा ल्याएकी कमल गाउँपालिकाकी विद्यार्थी कुशिका बस्नेतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । आफ्नो पेसबुक पेजमार्फत् ओलीले आज बिहान बस्नेतलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘दमककी यी नानी कुशिका बस्नेतलाई यस वर्षको एसईई परीक्षामा गृह जिल्ला झापामा प्रथम स्थान हासिल गरेकोमा बधाई छ ।’ बस्नेत ...
‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

विराटनगर । मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ । हालै गरिएको एक अध्ययनपछि जारी प्रतिवेदनले शोषण बढेको देखाएको हो । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लाम) ले गरेको अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अ...
असार २० सम्म भारी वर्षाको सम्भावनाः पूर्वका धेरैजसो जिल्लामा ‘जोखिम’

असार २० सम्म भारी वर्षाको सम्भावनाः पूर्वका धेरैजसो जिल्लामा ‘जोखिम’

विराटनगर । केही दिनयता मनसुन देशैभरि सक्रिय भइरहेको छ । यसक्रममा आगामी केही दिन विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । कोशी प्रदेशका १३ सहित देशभरका ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अति जोखिम भनेर संकेत गरिएका कोशी प्रदेशका जिल्लाहरुमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र...
एसईईको मौका परीक्षा साउन २३ गतेदेखि

एसईईको मौका परीक्षा साउन २३ गतेदेखि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा आज तालिका सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरिएको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्ण...
विराटनगरमा होटल सञ्चालिकाको कुटपिटबाट ग्राहकको मृत्यु

विराटनगरमा होटल सञ्चालिकाको कुटपिटबाट ग्राहकको मृत्यु

विराटनगर । कुटपिटबाट घाइते भएका विराटनगर महानगरपालिका–१९ बैजनाथपुरका ५० वर्षीय वीरबल गोसाइको मृत्यु भएको छ । उनलाई बैजनाथपुरमा होटल सञ्चालन गर्ने स्थानीय तालीदेवी ऋषिदेवले कुटपिट गरेको प्रहरीले जनाएको छ । शनिबार साँझ खाजा खान पसलमा गएका वीरबल र ऋषिदेवबीच भनाभनपछि झगडा भएको स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका छन् । त्यही क्रममा ऋषिदेवले वीरबलमाथि कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते भएका...
पत्रकार महासंघको गतिविधिप्रति पूर्वनेतृत्वकर्ताको चासो र चिन्ता

पत्रकार महासंघको गतिविधिप्रति पूर्वनेतृत्वकर्ताको चासो र चिन्ता

विराटनगर । नेपाल पत्रकार महासंघका पछिल्ला गतिविधिप्रति आफूहरूको ध्यानाकर्षण भएको पूर्वनेतृत्वकर्ताहरूले बताएका छन् । महासंघको शाख र मर्यादा कायम गर्न आवश्यक परे सहजीकरण गर्न पनि आफूहरू पछि नपर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका हुन् । नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले आइतबार ४ बुँदे वक्तव्य जारी गर्दै नेप...
संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए

संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए

संखुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्जका एकजना कर्मचारी आज मृत अवस्थामा भेटिएका छन् । मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका गेमस्काउट पदमा कार्यरत ५० वर्षीय केशर कार्की मृत अवस्थामा भेटिएका हुन् । निकुञ्ज कार्यालयभन्दा केही पर कार्कीलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरह...
मोरङ र सुनसरीमा पानीमा डुबेर २ जनाको मृत्यु

मोरङ र सुनसरीमा पानीमा डुबेर २ जनाको मृत्यु

विराटनगर । मोरङ र सुनसरीमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । मोरङमा खोलामा नुहाउने क्रममा एकजनाको मृत्यु भएको हो भने सुनसरीमा नहरको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको पथरी शनिश्चरे–७ का ४६ वर्षीय धनराज गिरीको स्थानीय पथरी खोलामा नुहाउने क्रममा डुबेर हिजो अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरेर उनलाई मंगलबारे अस्पताल...
झापाको कमलमा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु

झापाको कमलमा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु

झापा । झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । केर्खाबाट दमक आइरहेको प्र–१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकल कुकुरसँग ठोक्किएपछि अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा पछाडि बसेका शिवसताक्षीका ४० वर्षीय नवीन आचार्य र चालक २६ वर्षीय पदम पौडेल घाइते भएका थिए । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । अ...
पहिरो खसेपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध

पहिरो खसेपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध

उदयपुर । त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडकमा पहिरो खसेको छ । गएराति खसेको पहिरोका कारण उक्त सडक भएर सवारी साधनहरु आउजाउ गर्न सकेका छैनन् । साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको छ । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ । खोटाङबा...
error: Content is protected !!