प्रजातन्त्रको रक्षा गर्नु सबैको जिम्मेवारी हो : मुख्यमन्त्री कार्की
विराटनगर । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले नेपाली जनताले ठूलो सङ्घर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा गर्नु सबैको जिम्मेवारी र...




























